तटबन्ध क्षेत्रमा डम्पिङ गरिएका निर्माण साम्रगी हटाउन महाकाली नगरपालिकाको अनुरोध

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले तटबन्ध क्षेत्रमा डम्पिङ गरेर राखेका निर्माण साम्रगी ६ दिनभित्र हटाउन अनुरोध गरेको छ ।

जिल्ला समन्वय समिति दार्चुलाको पाप्त पत्र तथा नगरपालिकाको पुष ११ गतेको बैठकको निर्णय अनुसार वडा नम्बर–४ र ५ स्थित महाकाली नदी किनारमा निर्माण गरिएको तटबन्धको संरचनालाई क्षती हुने गरी राखिएको नदिजन्य पदार्थ पुष १८ गते भित्र हटाउन अनुरोध सहित सूचित गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर सिंह बडालद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला अनुगमन समिति दार्चुलाले उक्त क्षेत्रमा निर्माण साम्रगी डम्पिङ नर्गन पटक–पटक सूचित गर्दा समेत सो कार्य गरिएको पाइएकाले तत्काल डम्पिङ गरि राखिएका नदिजन्य पदार्थहरु हटाउन अन्तिम पटक सूचित गरिएको उल्लेख गरिएको छ ।

सो क्षेत्रमा उक्त कार्य पुनः गरेको पाइएमा कानून बमोजिम कार्वाही गरिने बताइएको छ । यस्तै महाकाली नदीको निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ संकलन नर्गन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?