राउटे समुदायकी हिराले शल्यक्रिया मार्फत जिल्ला अस्पतालमा जन्माइन बच्चा

दार्चुला । राउटे समुदायकी एक महिलाले शल्यक्रिया मार्फत जिल्ला अस्पताल दार्चुलामा १८ सय ग्राम तौल भएको बच्चा जन्माएकी छिन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–६ सलेतीकी २० वर्षीया हिरा राउटेले जिल्ला अस्पताल दार्चुलामा पुष ११ गते राती शल्यक्रियामार्फत १८ सय ग्राम तौल भएको शिशुलाइ जन्म दिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल दार्चुलाका डाक्टर रञ्जीत पाठक, डाक्टर राजेश अवस्थी तथा डाक्टर सञ्जीव श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीको टिमले राउटेको सुरक्षित शल्यक्रिया गरेको उहाँले बताउनुभयो ।

सामान्यतया साढे २ केजी भन्दा माथि तौल भएको बच्चा स्वस्थ्य मानिन्छ ।अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको भएपनी बच्चालाई अन्त अस्पताल लग्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यता राउटेको आर्थिक अवस्था समेत दयनिय रहेको छ । बस्नलाई घर समेत नभएकी हिरालाइ अन्त अस्पताल लैजान खर्च नभएको उहाँका श्रीमान जनक राउटेले बताउनुभयो ।

सामान्यतया यस्तो जटिल केसमा १० प्रतिशत मात्रै आमा र बच्चा  सुरक्षित हुने भएपनी डाक्टर श्रेष्ठको टिमले शल्यक्रिया गर्न सफल भएको बताइएको छ । जिल्ला अस्पताल दार्चुलामा डाक्टर सञ्जीव श्रेष्ठ आएदेखी प्रसुती तथा शल्यक्रिया सेवाको लागि टाढा जानुपर्ने अवस्था हटेको सूचना अधिकारी भट्टले बताउनुभयो ।

मालिकार्जुनको सलेतीमा विगत ५० वर्षबाट एकमात्रै राउटे परिवारले बसोबास गर्दै आएको छ । राउटे परिवार संग अहिले घर खेत केहि पनी नभएको र बस्नको लागी काठबाट निर्मित झुप्रो मात्रै रहेको बुझिएको छ । उहाँको घरमा आमा,एक भाइ, श्रीमती र आफु गरी चार जनाको परिवार रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?