मालिकार्जुन आधारभूत विद्यालय गराडीको ३८ औं वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाकोे लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित मालिकार्जुन आधारभूत विद्यालय गराडीको ३८ औं वार्षिकोत्सव समारोह  सम्पन्न भएको छ ।

शनिवार उद्धघाटन गरिएको ३८ औं वार्षिकोत्सव समारोहमा विद्यालयका प्रध्यानाध्यापक विद्याप्रशाद जोशीले विद्यालयको वार्षिक आयव्यय विबरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार  विद्यालयको  कुल आम्दानी ४३ लाख २ हजार ४ सय ३० रुपैयाँ  र व्यय ४२ लाख ५० हजार ३ सय ४१ रुपैयाँ रहेको छ । हाल विद्यालयको खातामा ५२ हजार ८९ रुपैयाँ मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहमा विभिन्न सास्कृतिक कार्यक्रम, विद्यालयस्तरिय हिसाबदौड, हाजिरीजवाफ, कुर्सीदौड, चम्चादौड, रिलेदौड लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

शनिवार (हिजो) विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमेन्द्र सिंह धामीको अध्यक्षता एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा  उद्धघाटन भएको वार्षिकोत्सव समारोह आज सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?