दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्धघाटन भएको छ ।
लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलाडीहरुको प्रतिस्पर्धात्मक खेल क्षमता विकास गर्ने उद्धेश्यका साथ आइतवार बाट गाउँपालिकाको वडा नम्बर–३ स्थित कृष्ण माध्यमिक विद्यालय लालीको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको लेकम गाउँपालिका प्रवक्ता एंव वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश सिंह थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा लेकम गाउँपालिका भित्रका ६ वटै वडाका टिमहरुको सहभागिता रहेको छ । जसअन्तरगत वडा नम्बर ३ र २ बिच आज भएको पहिलो खेलमा वडा नम्बर ३ ले पहिलो जित दर्ता गराएको छ ।
लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशब राज ओझाको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो ।





प्रतिक्रिया