मालिकार्जुन नमुना मावि धापको ६० औं वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ मा अवस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

सोमवार (हिजो) विद्यालयमा विविद् सास्कृतिक कार्यक्रम सहित ६० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापका सहायक प्रध्यानाध्यापक मेखराज जोशीले जानकारी दिनुभयो ।

विद्यालयका प्रध्यानाध्यापक सुन्दर सिंह बुढाथोकीले विद्यालयको वार्षिक आयव्यय बिबरण प्रस्तुत गर्नुभएको थियो । उहाँका  अनुसार विद्यालयको कुल आय ४ करोड ७० लाख ७३ हजार ३ सय १६ रुपैयाँ ८६ पैशा रहेको छ,भने सोही अवधिको कुल व्यय ३ करोड ४४ लाख ५८ हजार २ सय ९२ रुपैयाँ ६६ पैशा रहेको छ । त्यस्तै विद्यालयको खातामा अहिले २ करोड ६९ लाख ७ हजार ६ सय ३७ रुपैयाँ २२ पैशा बचत रहेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देब सिंह धामीको अध्यक्षतामा (हिजो) उद्धघाटन भएको वार्षिकोत्सव समारोहमा नेकपा (एमाले ) पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त, सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधिहरु, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।

समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको सहायक प्रध्यानाध्यापक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?