दार्चुलाको लेकममा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ कुणीमा गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलाडीहरुको प्रतिस्पर्धात्मक खेल क्षमता विकास गर्ने उद्धेश्यका साथ बिहिवार (आज)  प्रतियोगिताको उद्धघाटन भएको हो । गाउँपालिकाको वडा नम्बर–२ स्थित हुनैनाथ माध्यमिक विद्यालय कुणीको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाका ६ वटा टिम र गाउँपालिकाका कर्मचारीको १ टिम गरी जम्मा ७ वटा टिमहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । जसअन्र्तरगत आज वडा नम्बर ३ लाली र वडा नम्बर ५ रिठाचौपाता बिच भएको पहिलो खेलमा वडा नम्बर ३ लाली विजयी भएको वडा अध्यक्ष जोशीले बताउनुभयो ।

यस्तै आजै भएको दोस्रो खेलमा गाउँपालिकाको कर्मचारी टिमलाइ पराजित गर्दै वडा नम्बर ४ खरकडाको टिम विजयी भएको छ । लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशब राज ओझाको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो ।

यस्तै कार्यक्रममा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अम्बादत्त जोशी, उपाध्यक्ष माधवी जोशी, गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश सिंह थापा, वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, कृष्ण स्नातक क्याम्पस लालीका निर्वतमान क्याम्पस प्रमुख केशब राज जोशी, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, लगायत खेलप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?