दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा पुष २४ गतेबाट पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
बिहिवार (हिजो) नगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै पुष २४ गते बाट प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।
प्रतियोगिता वडा नम्बर–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने शैल्यशिखर नगरपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक बलदेब भट्टले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाभित्रका १४ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहने छ ।





प्रतिक्रिया