गोकुलेश्वर लाली सडकखण्ड चौडा पारिदै, दायाँ  बायाँको जमिन खाली गरिदिन आग्रह

दार्चुला । गोकुलेश्वर लाली सडकखण्ड अन्तरर्गत  लेकम गाउँपालिका ५ मैखोली कोलु देखि वडा नम्बर ४ गुदगुदेसम्म सडक चौडा पारिने भएको छ ।

सडक चौडा पार्नको लागि गाउँपालिकाको एक करोड ५० लाख र एक करोड ५० लाख समपुरक गरी कुल तीन करोड बजेट रहेकोमा डडेल्धुराको अपि जय लक्ष्मी जेभी निर्माण कम्पनीले १ करोड ५० लाख रुपैयाँमा सडक निर्माणको सम्झैता गरेको लेकम गाउँपालिकाका इन्जिनियर केशब पालले जानकारी दिनुभयो ।

पुष २० गते (भोली) बाट उक्त सडक चौडा पर्ने काम गरिने भएकाले हाल चौडाईको सेन्टरबाट १०-१० मिटर दायाँ र बायाँ तिरको जमिन विवाद रहित तरिकाले खाली गरिदिन गाउँपालिकाले सरोकारवालाहरुलाई सूचित गरेको छ ।

गाउँपालिकाले आज एक सार्वजनिक सूचना प्रकाशन गर्दै जमिन खाली गरिदिन आग्रह गरेको हो ।

 

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?