दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा दलित घरपरिवारलाई नि:शुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । मंगलबार (आज) एक कार्यक्रमको आयोजना गरि दलित लक्षित कार्यक्रम अन्तरगत शैल्यशिखरको वडा नम्बर ८ ले वडाभित्रका ६० वटा दलित परिवारलाई एक/एक सेट ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हो ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष केशवदत्त जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियोे । समाजसेवी तथा नेकपा (एमाले) जिल्ला कमिटी पूर्व अध्यक्ष रामदत्त जोशी र शैल्यशिखर नगर उपप्रमुख शान्ति खडायतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शैल्यशिखरका स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशी लगायत कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।
वडाले आयोजना गरेको ग्यास सेट वितरण कार्यक्रममा पालिकाको समेत सहयोग रहेको बताइएको छ । कार्यक्रमका सहभागीहरूले आर्थिक रूपमा विपन्न वर्गका नागरिकलाई नि:शुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण गरेकोमा वडा र पालिकालाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमका अतिथिहरूले जनताको सुखदुःखमा आफुहरू जनतासंगै रहेको धारणा राखेका थिए । वडामै नि:शुल्क ग्यास सिलिन्डर र चुलो पाएपछि दलित परिवारले खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया