दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित भागरथी स्मृति लवलेक खेलमैदानमा प्रतियोगिता शुरु गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा उद्दघाटन भएको प्रतियोगितामा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीको प्रमुख अतिथ्यता रहेको थियो ।
प्रतियोगितामा गाउँपालिकाभरीका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । जसअन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्सका खेलहरु सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
पालिकास्तरीय प्रतियोगिताबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि गाउँपालिकाको टीम तयार गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।





प्रतिक्रिया