अपिहिमालमा एक घरमा आगलागी, ५ लाख बढीको क्षति

दार्चुला । दार्चुलाको एक घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिरका बहादुर सिंह मन्यालको घरमा विहान ११ बजेतिर आगलागी भएको स्थानीय गजेन्द्र सिंह धामीले जानकारी दिनुभयो । खाना पकाएर मेलापात गएको बेला दाउरा सुकाउने ठाउँबाट आगो सल्किदा पुरै घर, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उहाँले बताउनुभएको छ ।

स्थानीयहरुको सहयोगमा आधा घन्टापछी आगो नियन्त्रमा लिइएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट ५ लाख बढीको क्षति भएको बताईएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?