मालिकार्जुन मावि तेलिगाउँको ६४ औँ वार्षिकोत्सब कार्यक्रम उद्घाटन, भोलि समापन हुने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँमा रहेको मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँको ६४ औँ वार्षिकोत्सब कार्यक्रम उद्घाटन भएको छ । सोमबार (आज) विद्यालयको ६४ औँ वार्षिकोत्सब समारोह उद्घाटन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनन्दन नाथको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमको प्रमुख अतिथि लेकम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरि बहादुर साउँद रहनुभएको थियो । वार्षिकोत्सब समारोहमा विद्यालयका प्रधानाध्यापक विजय राज मिश्रले विद्यालयका बार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयका आर्थिक बर्ष २०८०।०८१ को कुल आय ७९ लाख ४३ हजार ६३७ रुपैया रहेको छ। त्यस्तै कुल व्यय ७६ लाख ६६ हजार ७५८ रुपैया र विद्यालय संघ हाल मौज्दात ८ लाख ८२ हजार ६१५ रुपैया रहेको छ ।

वार्षिकोत्सव समारोहमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ र गणित दौड प्रतियोगिता पनि सञ्चालन गरिएको प्रधानाध्यापक विजयराज मिश्रले जानकारी दिनुभयो । आज सम्पन्न भएका हाजिरीजवाफ प्रतियोगितामा वालिचन आधारभुत विद्यालय तिउनेगाउँ प्रथम र मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँ द्धितीय भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै आजै सम्पन्न गणित दौड प्रतियोगितामा मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँ प्रथम र बालिचन आधारभुत विद्यालय तिउनेगाउँ द्धितीय भएको प्रधानाध्यापक मिश्रले जानकारी दिनुभयो ।

बार्षिक उत्सव उद्घाटन समारोहमा विद्यालयका पुर्व प्रधानाध्यापक सुन्दरसिंह धामी, गजेन्द्र राज मिश्र, शिक्षक लिलाधर जोशी र नन्दा जोशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । विभिन्न सांस्कृतीक कार्यक्रमहरु पनि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम भोली सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?