दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले शैक्षिक सत्र २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरि योजना कार्यान्वयन गरिरहेको छ । बिहिवार अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय सौगन्नामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक अन्तरक्रिया तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि, शिक्षक कर्मचारी, अभिभावक तथा विद्यार्थी बिच विद्यालय शिक्षाको गुणस्तर सुधारमा केन्द्रीत रहि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
मावि सौगन्नाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्कर सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदन राज जोशी, विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह ठगुन्ना, स्थानीय जनप्रतिनिधि, लगायतको सहभागीता रहेको थियो ।
यस अघि अपिहिमाल गाउँपालिकाको डाडाँबाग आधारभुत विद्यालय लुम्थी र चौलानी आधारभुत विद्यलाय तल्लोफेरमा कार्यक्रम सम्पन्न भएको शिक्षा शाखाका निमित्त प्रमुख मदनराज जोशीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया