दार्चुला । दार्चुलाको महाकाली नगरपालिकासहित देशभरका २३ वटा स्थानीय तहमा वरिष्ठ कर्मचारी हुँदा हुदैँ कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको पाइएपछि मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न २३ स्थानीय तहमा आर्थिक तथा प्रशासनिक कमाण्ड सम्हालिरहेका कनिष्ठ कर्मचारीहरूको जिम्मेवारी खोसेको हो ।
जसमा दार्चुलाको महाकाली नगरपालिकासहित देशका १० नगरपालिका र १३ गाउँपालिका छन् । सबैभन्दा बढी धनुषा र हुम्लाका ३-३, महोत्तरी, बारा, सर्लाही, मुगु र अछामका २-२ स्थानीय तह रहेका छन् ।
मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हटाएसँगै त्यहाँ मन्त्रालयबाटै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको अवस्थामा मन्त्रालयमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त दिएर खटाउने बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया