दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको वडा नम्बर ५ मा रहेका विद्यालयका विद्यार्थीहरुको बाल प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय सौगन्नामा सञ्चालन भएको कार्यक्रममा ३ वटा विद्यालयको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाको बार्षिक स्किृत कार्यक्रम अन्तरगत सबै वडाहरुमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । प्रतेक वडाबाट प्रथम हुने विद्यार्थीलाई छनोट गरि आगामी फागुनमा पालिका स्तरीय प्रतियोगिता सञ्चालन गरिने जोशीले जानकारी दिनुभयो । आज भएको कार्यक्रममा आधारभूत तह कक्षा १–५ का विद्यार्थीहरूलाई लक्षित गरी हिसाब दौड, स्पेलिङ कन्टेस्ट र हिज्जे लेखन प्रतियोगिता सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
जसमा हिसाब दौड प्रतियोगितामा डाँडाबाग आधारभूत विद्यालय लुम्थीकी छात्रा प्रतीक्षा टमटा प्रथम, चौलानी आधारभूत विद्यालय तल्लोफेरका सुभम धामी द्वितीय र भवानी माध्यमिक विद्यालय सौगन्नाका उत्तम धामी तृतीय हुनुभएको छ। त्यस्तै स्पेलिङ कन्टेस्टमा भवानी माध्यमिक विद्यालय सौगन्नाकी छात्रा आर्जु ठगुन्ना प्रथम, डाँडाबाग आधारभूत विद्यालय लुम्थीका छात्र दिवाकर महरा द्वितीय र चौलानी आधारभूत विद्यालय तल्लोफेरका छात्र सुभम धामी तृतीय भएको उहाँले बताउनुभयो । त्यस्तै नेपाली हिज्जे लेखन प्रतियोगितामा डाँडाबाग आधारभूत विद्यालय लुम्थीका छात्र राकेश ठगुन्ना प्रथम सोहि विद्यालयका छात्र अपेक्षा धामी द्वितीय र भवानी माध्यमिक विद्यालय सौगन्नाका छात्र निशान्त ठगुन्ना तृतीय हुनुभएको छ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई क्रमशः १ हजार ७ सय र ५ सय रुपैया नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । भवानी माध्यमिक विद्यालय सौगन्नाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्कर सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदनराज जोशीको प्रमुख आथित्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा ३ वटै सहभागी विद्यालयका विद्यालय व्यवस्थानि समितिका अध्यक्ष, शिक्षक लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको उहाँले बताउनुभयो । यस अघि गाउँपालिकाको वडा नम्बर ३ मा पनि कार्यक्रम सम्पन्न गरिएको र अन्य वडाहरुमा पनि सञ्चालनको तयारी भइरहेको जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया