दार्चुलाको धारीमा जिप दुर्घटना

दार्चुला । दार्चुलाको दुँहु गाउँपालिकामा जिप दुर्घटना भएको छ ।

दार्चुला तिंकर सडक खण्ड अन्तरगत दुँहु गाउँपालिकाको वडा नम्बर ४ धारीमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर चल्लेगडाबाट जिल्ला सदरमुकाम खंलगा आउदै गरेको सुपप्र ०१००१ ज ११५९ नम्बरको जिप शुक्रवार बेलुका साढे ७ बजे धारीमा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । शुक्रबार दुर्घटना भएको भए पनि प्रहरीलाई ढिला गरि शनिबार विहान जानकारी भएको थियो ।

ब्याँस गाउँपालिका ६ हुतीका २६ वर्षीय देब सिंह बिष्टले चलाएको जिप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब ८–१० मिटर तल खसेको र दुर्घटनामा मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?