दार्चुला । भन्सार कार्यालय दार्चुलामा यस चालु आर्थिक वर्षको हालसम्म भन्सार संकलनको दर घट्दो क्रममा रहेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको पुषसम्म ३६ लाख १७ हजार रुपैयाँको लक्ष्य राखेको भएपनी २३ लाख ९८ हजार ८ सय ६२ रुपैयाँ मात्रै राजस्व संकलन भएको जिल्ला भन्सार कार्यालय दार्चुलाका प्रमुख सुदिप मानन्धरले जानकारी दिनुभयो ।
आर्थिक वर्षको पहिलो महिना साउनमा कार्यालयले ५ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा २ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । स्तै भदौमा ६ लाख ३ हजार लक्ष्य रहेकोमा ३ लाख ७३ हजार २ सय ७८ रुपैयाँ र अशोजमा ६ लाख १६ हजार रुपैयाँ लक्ष्य रहेकोमा ४ लाख २० हजार ३ सय ८३ रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कार्तिक महिनामा ६ लाख रुपैयाँको लक्ष्य लिएको भएपनी ५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिर महिनामा ६ लाख ३३ हजार लक्ष्य राखिएकोमा ४ लाख ३७ हजार ९ सय ५२ रुपैयाँ राजस्व सकलन भएको कार्यालय प्रमुख मानन्धरले बताउनुभयो । यस्तै पुष महिनामा पनी ६ लाख १७ हजार लक्ष्य राखिएकोमा ३ लाख १० हजार ७ सय ७४ रुपैयाँ मात्रै राजस्व संकलन भएको बताइएको छ । उक्त तथ्यांक हेर्दा भन्सार रकम लक्ष्यभन्दा १२ लाख १८ हजार १ सय ३८ रुपैयाँ कम उठेको छ ।
कार्यालयले ६ महिनाको अवधिमा विभिन्न शिर्षकहरुमा उक्त रकम संकलन गरेको कार्यालय प्रमुख मानन्धरले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया