दार्चुलामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १० गतेबाट मार्मामा सञ्चालन हुने

दार्चुला । दार्चुलामा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १० गतेबाट सञ्चालन हुने भएको छ।

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १० गतेदेखि फागुन १५ गते सम्म मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तपोवन खेलमैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ। गतवर्ष खलंगामा १४औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन समारोहमा मार्मामा १५औं राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने निष्कर्षसहित मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीलाई झण्डा हस्तान्तरण गरिएको थियो ।

जिल्ला स्तरीय छनोट प्रतियोगिता स्वरुप अहिले स्थानीय तहहरुले पालिका स्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । जिल्लाका ७ वटा स्थानीय तह नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिकेका छन।

जिल्लाको महाकाली नगरपालिका र लेकम गाउँपालिकाले प्रतियोगिता सञ्चालनको तयारी गरिरहेको जनाएका छन। महाकाली नगरपालिकामा माघ १५ गतेबाट रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुदै छ । लेकम गाउँपालिकामा समेत माघ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरि तयारी भइरहेको बताइएको छ ।

नौँ वटै पालिकाबाट छनोट भएका टिमबिच जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा हुनेछ । जिल्लाबाट विभिन्न खेल र विधामा उत्कृष्ट खेलाडी छनोट गरि प्रदेश स्तरीय प्रतियोगितामा पठाइनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?