बडिपुर मावि लेकम-१ सर्मोलीको ६६औं वार्षिकोत्सव सुरु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको बडिपुर माध्यमिक विद्यालय सर्मोलीको ६६ औं वार्षिकोत्सव समारोहको भब्य उद्घाटन गरिएको छ।

सोमबार एक कार्यक्रमका बिच विद्यालयको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरिएको हो । विद्यलय व्यवस्थापन समितिका बरिष्ठ सदस्य अमर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा लेकम गाउँपालिका वडा नम्बर १ का वडा अधयक्ष नवराज पन्तको प्रमुख आतिथ्यता रहेको स्थानीय चन्द्र सिंह साउदले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको उहाँले बताउनुभयो । वार्षिकोत्सव समारोह २ दिन सम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?