दार्चुला । श्रमजीवि प्रगतिशील नेपाली पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल दार्चुलाको पाचौँ जिल्ला अधिवेसन माघ १७ गते खलंगामा आयोजना गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम खलंगास्थित दार्चुला विकास संगठनको सभाहलमा माघ १७ गते विहान ११ बजे अधिवेसन उद्घाटन गर्ने निर्णय गरिएको हो ।
प्रेस चौतारी नेपाल जिल्ला समिति दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रीय समिति सदस्य, सुदूरपश्चिम सह इन्चार्ज राजेन्द्रसिंह धामीको प्रमुख आतिथ्यता र प्रदेश समिति सचिव नरेन्द्र सिंह कार्कीको बिशिष्ट आतिथ्यतामा बसेको बैठकले प्रेस चौतारी नेपाल दार्चुलाको सदस्यता नवीकरण र नयाँ सदस्यता सिफारिस, जिल्ला अधिवेसनको तयारी लगायत विभिन्न विषयमा निर्णय पारित गरेको छ ।
प्रेस चौतारी नेपाल दार्चुलाको पाचौँ जिल्ला अधिवेसन भव्य रुपमा सम्पन्न गर्न संगठनका जिल्ला अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको नेतृत्वमा मुल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरि परिचालन गर्ने, नवीकरण भएका र नयाँ सदस्यता आवेदन भरेका ६६ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गर्ने, अधिवेसनका अतिथिहरुलाई निमन्त्रणा गर्ने लगायत विभिन्न निर्णय गरिएको प्रेस चौतारी नेपाल दार्चुलाका सचिव रमेश खत्रीले जानकारी दिनुभयो । बैठकमा जिल्ला सदरमुकाम खलंगामा उपलब्ध प्रेस चौतारी नेपाल दार्चुलाका अधिकासं पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया