दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा अवस्थित लटिनाथ मावि चौपाताका शिक्षक देवसिंह बिष्टलाई सम्मान गरिएको छ ।
शिक्षक विष्ट उमेर हदका कारण यहीँ माघ २८ गतेदेखी अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । सेवानिवृत्त हुन लाग्नुभएका शिक्षक बिष्टलाई विद्यालयको ७०औं वार्षिकोत्सबको अवसरमा सम्मान गरिएको हो ।
वार्षिकोत्सब समारोहका सभाध्यक्ष एंव विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशी, कार्यक्रमका प्रमुख अतिथि एवम् लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, प्रध्यानाध्यापक केशब राज बिष्ट लगायतले सेवानिवृत शिक्षक बिष्टलाई अबिर, खादा, माला र मायाको चिनो समेत प्रदान गर्दै सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको हो।






प्रतिक्रिया