लेकमका तीन वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न, ३४५ जनाले लिए सेवा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका तीन वटा वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ । शिविरको माध्यमबाट वडा नम्बर ३, ४ र ६ का ३४५ जनाले वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता पाप्त गरेका छन् ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार माघ २३ गतेबाट दोस्रो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर वडा नम्बर ३ लालीबाट सुरु भएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ २३ गते वडा नम्बर ३ लालीमा सम्पन्न शिविरमा ५० जना महिला र ४८ पुरुष गरी ९८ जना, वडा नम्बर ४ खरकडामा ९० जना महिला र ५५ जना पुरुष गरी  १४५ जना र आज वडा नम्बर ६ उचाकोटमा सम्पन्न शिविरबाट ७८ जना महिला र ३४ पुरुष गरी १०२ जनाले सेवा लिएको अपरेटर बिष्टले बताउनुभयो ।

शिविर सम्पन्न वडाहरुमा वडाअध्यक्ष,पालिकाका शाखागत कर्मचारी, बैंक कर्मचारी,सुरक्षाकर्मी स्थानीय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । आईतवार पर्सी वडा नम्बर १ को कार्यालय सर्मोलीमा शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?