दार्चुला । दार्चुलाको लेकम गाउँपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लटिनाथ मावि चौपाताले प्राप्त गरेको छ । यहि माघ २६ गतेदेखि आजसम्म लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण मावि लालीको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा मावि चौपाता १४ स्वर्ण ५ रजत र ४ गरी २३ पदक सहित प्रथम भएको हो ।
प्रतियोगितामा कृष्ण मावि लाली ८ स्वर्ण ११ रजत र ७ कास्य गरी २६ पदक सहित द्वितीय भएको छ । यस्तै हुनैनाथ मावि कुणी ६ स्वर्ण ५ रजत र ७ कास्य गरी १८ पदक सहित तृतीय भएको आयोजकले जनाएको छ ।
दार्चुलाको लेकम गाउँपालिकामा स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै जिल्लाका सबै स्थानीय तहमा प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १० गतेदेखि मार्मामा आयोजना गर्ने गरी तयारी भइरहेको छ । सबै पालिकाबाट उत्कृष्ट छनोट भएका खेलाडीको टोली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया