सर्मोलीमा एमालेको कार्यक्रम: १८ जना सम्मानित, जग्गादातालाई सम्मान, बिष्ट एमालेमा फर्किए

दार्चुला । नेकपा (एमाले) ले मंगलबार लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा कार्यक्रम आयोजना गरेको छ । तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत जिल्लाका ६१ वडामै पुग्ने गरि परिचालन भएको एमाले दार्चुलाको मूल टोलीको कार्यक्रम शनिबार लाली, आइतबार खरकडा, सोमबार कुणी र मंगलबार सर्मोलीमा अन्तरक्रिया गर्दै सम्पन्न भएको हो ।

सर्मोलीमा आयोजित कार्यक्रममा कार्यकर्ताका सुझाब सुन्नुको साथै जनप्रतिनिधि र अतिथिहरूले जवाफ दिएका छन् । वडा कमिटी अध्यक्ष उत्तम बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको विशिष्ट आतिथ्यता रहेको थियो । जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशी, लेकम गाउँपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशी, जिल्ला कमिटी सदस्य अमरसिंह कार्की, लेकम गाउँकमिटी अध्यक्ष पुष्पराज जोशी, लेकमको वडा नम्बर ३ का निर्वाचित अध्यक्ष सुरेशसिंह थापा लगायत नेताहरूको आतिथ्यता रहेको कार्यक्रममा पालिका, वडा र टोल कमिटीका कार्यकर्ताहरूको सहभागीता रहेको एमाले लेकम गाउँकमिटी सचिव पदमराज जोशीले बताउनुभयो ।

कार्यक्रममा नेकपा एसको कलम चिन्हबाट निर्वाचन लडेका गंगा बिष्ट एमालेमै फर्किएपछि स्वागत गरिएको छ । सर्मोली क्षेत्रका पुराना तथा पार्टीमा लामो समय योगदान गरेका १८ जना कार्यकर्तालाई सम्मान गरिएको जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशीले बताउनुभयो । लक्ष्मी स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा दान गर्ने मानसिंह बोहरालाई समेत सम्मानित गरिएको छ ।

हरेक दिनका कार्यक्रममा कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो । बुधबार (आज) लेकमको वडा नम्बर ५ चौपाता र भोली वडा नम्बर ६ उचाकोटमा कार्यक्रम आयोजना हुने एमाले लेकम गाउँपालिका कमिटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?