च्याम्पियन्स ट्रफीः बंगलादेश लाई हराउदै न्यूजिल्याण्ड सेमिफाइनलमा

दार्चुला । आइसीसी च्याम्पियन्स ट्रफीमा न्यूजिल्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ। बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पूरा गरेको थियो।

न्यूजिल्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए। त्यस्तै डेभोन कोनवे ले ३० र ग्लेन फिलिपले अविजित २१ रन बनाएका थिए।

यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको थियो। बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्बाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए।

त्यसैगरी न्यूजिल्याण्डका बलर माइकल ब्रसवेलले सर्बाधिक ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक एक विकेट लिएका थिए।

यो जितपछि समुह ए बाट न्यूजिल्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ। त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन्। अब समुह ए अन्तर्गत भारत र न्यूजिल्याण्ड तथा पाकिस्तान र बंगलादेशले अ९आफ्नो अन्तिम खेल खेल्ने छन्।

प्रतियोगिता अन्तगत आज अष्ट्रेलिया र दक्षिण अफ्रिका आमनेसमाने हुनेछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?