पूर्वमन्त्री ठगुन्नाद्धारा लटिनाथ आवि दर्माको विद्यालय भवन उद्धघाटन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ मा अवस्थित लटिनाथ आधारभूत विद्यालय दर्माको नवनिर्मित ८ कोठे विद्यालय भवनको उद्धघाटन गरिएको छ ।

विद्यालयलाई राष्ट्रिय योजना आयोग सघिय अनुदानको १ करोड बजेट पाप्त भएको भएपनी दानेश्वर निर्माण कम्पनीले ४३ लाख बजेटमै निर्माण सम्पन्न गरेको नवनिर्मित ८ कोठे विद्यालय भवनको पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले उद्धघाटन गरेको विद्यालयका प्रध्यानाध्यापक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुुभयो ।

आज वडा नम्बर ३ को आयोजनामा एक कार्यक्रमका बिच पूर्वमन्त्री ठगुन्नाले विद्यालय भवनको उद्धघाटन गरेको प्रध्यानाध्यापक चन्दले बताउनुभएको छ ।

भवन उद्धघाटन कार्यक्रममा शैल्यशिखर नगर प्रमुख विजय सिंह धामी, उप–प्रमुख शान्ती खडायत, वडा नम्बर ३ का वडा अध्यक्ष पदम बहादुर चन्द, वडा नम्बर ४ का वडा अध्यक्ष राम सिंह ठगुन्ना, वडा नम्बर ५ का वडा अध्यक्ष जनक सिंह डागा, शिक्षक कर्मचारी, स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?