वर्षाले गोकुलेश्वर मेला प्रभावितः  सुरक्षित ठाउँमा सामान सार्दै, स्थानीय र प्रहरी

दार्चुला । लगातार दुइ दिनदेखीको वर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा लागेको ऐतिहासिक गोकुलेश्वर मेला प्रभावित भएको छ ।

महाशिवरात्रिको अवसरमा फागुन १४ गतेबाट लागेको मेला वर्षाका कारण प्रभावित भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मेलास्थलमा अहिले पानीले भरिभराउ भएको छ ।

मेलामा व्यापार गर्न राखिएका स्टलहरुभित्र पानी पस्दा व्यपार गर्न राखिएका भिज्ने साम्रगीहरु कपडा,होटेलहरुमा तयार पारेर राखेको मिष्ठान, खाना नास्ता साम्रगीहरुमा पानी पसेर सखाप भएको स्थानीय व्यपारी दिपक बुढाले जानकारी दिनुभयो ।

मेलास्थलमा शान्ति सुरक्षाको लागि खटिएको प्रहरी, स्थानीय र व्यापारीहरुले उक्त साम्रगीहरु सुरक्षित स्थानमा सारिरहेको गोकुलेश्वरबाट प्रभा ब्युटिपार्लरका सञ्चालक राजेन्द्र साउँदले रेडियो लोकदर्पणलाइ जानकारी दिनुभयो ।

वर्षा भएपछी गोकुलेश्वर मेलामा थापिएका स्टलहरुको अवस्था  

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?