दार्चुलामा सीमा  सुरक्षा व्यवस्थापन सम्बन्धि छलफल सम्पन्न

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलामा सीमा  सुरक्षा व्यवस्थापन सम्बन्धि छलफल सम्पन्न भएको छ ।

शनिवार (हिजो) प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उपस्थितिमा सीमा सुरक्षा सम्बन्धि बैठक सम्पन्न भएको हो ।

बैठकमा सिमा सम्बन्धि समस्याहरु,भन्सार व्यवस्थापन, नाकाहरुबाट हुने तस्करी रोक्ने लगायतका विषयहरुमा छलफल गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो ।

छलफलमा सहभागीहरुले  सीमा  समस्या, भन्सार व्यवस्थापन, वारी पुलको समस्या तस्करी रोक्नुपर्नेमा जोड दिएका छन् । ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?