छोरीसँगै कक्षा ८ को परीक्षा दिदै पुर्चाैडीका ४६ वर्षीय सुरेन्द्र बोहरा

दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर ८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिदैछन् । उमेरले ४६ पुगेका बोहराले छोरी डम्मरासँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागि हुनुभएको छ ।

बोहरा सोही वडामा रहेको डिलासैनी माध्यमिक विद्यालय मल्लादेहीबाट छोरीसंगै कक्षा ८ को परीक्षा दिइरहेका हुन् । मल्लादेही विद्यालयको कक्षा ८को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको छ । सानो उमेरमा कक्षा ५ सम्म अध्यायन गरेका बोहराले कक्षा ६ देखि डिलासैनी माध्यमिक विद्यालयमा  छोरीसँगै पुनः अध्यायन सुरु गरेका थिए । बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रुपमा पनि कार्यरत समेत रहेका छन् ।

नेपालको संविधानले कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गरेको र सोही लक्ष्य प्राप्तीका लागि भएपनि आफुले अध्ययन थालेको बोहराले  बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?