अपिहिमालमा कक्षा ८ उत्तिर्ण वार्षिक परीक्षाको नतिजा सार्वजनिक

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले कक्षा ८ उत्तिर्ण वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

चैत्र ५ गतेदेखी १२ गतेसम्म खण्डेश्वरी माध्यमिक विद्यालय क्षेत्तमिा सञ्चालन भएको परीक्षाको नतिजा बुधवार (आज) सार्वजनिक गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

परिक्षामा गाउँपालिकाभरीका १२१ जना परीक्षार्थीले परीक्षा दिएकोमा ३० जना उत्तिर्ण भएको उहाँले बताउनुभयो । त्यस्तै ननग्रेड पाप्त गर्ने विद्यार्थीको संख्या ९१ जना रहेको छ ।
परीक्षाफल पुर्नयोग गर्न चाहनेले चैत्र १५ गतेभित्र विद्यालयको सिफारिस सहित कार्यालयमा सम्र्पक गर्न सूचित गरिएको छ ।

कक्षा ८ को ग्रेडबृद्धी परीक्षा यहि चैत्र २५ र २६ गते सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?