दार्चुला । डोटीमा जीप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको दिपायल सायलको भित्रि सडकखण्ड अन्तरगत आर्दशबाट मल्लेखतर्फ जादैँ गरेको सु.प.प्र ०१००१ ज १२९५ नम्बरको जीप आर्दश गाउँपालिकाको मल्लेख (मौवा)मा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी अनिल बुढाथोकीले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको र ६ जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । घाईतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

मृतकाको पहिचान भने हुन बाकीँ रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । चालक भने फरार रहेका छन्

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?