गोकुलेश्वरमा युवाको नयाँ उद्यम, ‘ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप’ सञ्चालनमा

दार्चुला । दार्चुलाको दोस्रो ठूलो व्यापारिक केन्द्र गोकुलेश्वरमा ‘ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप’ सञ्चालनमा आएको छ। स्थानीय युवाहरूको करिब २५ लाख रुपैयाँको संयुक्त लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो।

गोकुलेश्वरबाट गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको सञ्चालक राजेन्द्र पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार जिज्ञासु खत्री, राजेन्द्र पन्त, पर्यटन अभियन्ता हिमालय भट्ट, दिपेन्द्र रावल र रामदत्त बिष्टको संयुक्त लगानीमा व्यवसाय सञ्चालनमा आएको हो।

अपिहिमाल बेस क्याम्पको प्रवेशद्वारका रूपमा समेत परिचित गोकुलेश्वरमा व्यवस्थित रेष्टुरेण्ट तथा कफी शपको आवश्यकता देखिएपछि स्थानीय युवाहरूको पहलमा व्यवसाय सञ्चालनमा ल्याइएको सञ्चालक पन्तले बताउनुभयो।

रेष्टुरेण्टमा जिल्लामै पहिलोपटक व्यावसायिक कफी मेसिनमार्फत विभिन्न प्रकारका कफी उपलब्ध गराइने उहाँले बताउनुभयो। यसका साथै खाना तथा खाजाका विभिन्न परिकार, १० प्रकारका चिया, पेय पदार्थ, आइसक्रिमलगायतका परिकार उपलब्ध गराइनेछ।

रेष्टुरेण्टले स्थानीय बासिन्दासँगै कर्मचारी, विद्यार्थी, पर्यटक तथा गोकुलेश्वर आउने अन्य आगन्तुकलाई लक्षित गरी सेवा प्रदान गर्ने जनाएको छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै होम डेलिभरी तथा कार्यालय डेलिभरी सेवासमेत सञ्चालन गरिने सञ्चालक पन्तले जानकारी दिनुभयो।

स्थानीय युवाहरूको संयुक्त लगानीमा आधुनिक र व्यवस्थित रूपमा सञ्चालनमा आएको रेष्टुरेण्टले गोकुलेश्वरको व्यापारिक गतिविधि तथा दार्चुलाको पर्यटन र आतिथ्य व्यवसायलाई थप प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?