गोकुलेश्वरमा प्रथम लिपुलेक कप भलिबल प्रतियोगिता हुँदै, पुरुषतर्फ विजेतालाई २ लाख २१ हजार पुरस्कार

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा प्रथम लिपुलेक कप–२०८३ खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १० देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ प्रथम हुने टोलीले २ लाख २१ हजार २२१ रुपैयाँ र द्वितीय हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, पुरुषतर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, लिबेरो, ब्लकर र सर्भरले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। पुरुषतर्फ सहभागी टोलीका लागि दर्ता शुल्क १२ हजार रुपैयाँ तोकिएको छ।

महिलातर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँ र द्वितीय हुने टोलीले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ उत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र सर्भरलाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट लिबेरोका लागि भने ५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

महिलातर्फ सहभागी टोलीको दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।

गोकुलेश्वर बजारमा आयोजना हुने प्रतियोगिताले पुरुष तथा महिला भलिबल खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी तथा सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?