दार्चुलामा नेपाली कांग्रेसको देउवा पक्षद्धारा छुट्टै जिल्ला अधिवेशनको तयारी तीव्र

दार्चुलामा नेपाली कांग्रेसको आगामी जिल्ला अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले ८औँ जिल्ला अधिवेशन तयारी समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।

महाकाली नगरपालिका–४ स्थित खलंगामा स्थापना गरिएको सम्पर्क कार्यालयको औपचारिक रूपमा उद्घाटन गरिएको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशन तथा सांगठनिक कार्यतालिकाअनुसार असोज १५ गतेदेखि सुरु हुन गइरहेको वडा अधिवेशनलाई प्रभावकारी बनाउन तथा अधिवेशनसम्बन्धी सम्पूर्ण तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको हो।

कार्यालय उद्घाटन कार्यक्रममा १५औँ महाधिवेशन समितिका केन्द्रीय प्रतिनिधि सन्तोष ऐतवाल, दार्चुला जिल्ला संयोजक सुरेन्द्र प्रसाद अवस्थी, दार्चुला जिल्लाका सर्वोच्च नेता मदन गिरी, सुदूरपश्चिम प्रदेशका प्रदेश कार्यसमिति सदस्य, पूर्व भूमि आयोग दार्चुलाका जिल्ला अध्यक्ष लालसिंह धामी, पूर्व महाधिवेशन प्रतिनिधि संगीता चन्द, युवा नेता विनोद सिंह बोहरा, जनजाति संघका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि बासु सिंह ऐतवाल, महिला नेत्री सञ्जा एरी तथा महिला नेत्री पशुपति अवस्थीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

सम्पर्क कार्यालय स्थापनासँगै दार्चुलामा अधिवेशनको तयारी र चहलपहल बढेको कांग्रेस नेताहरूले बताएका छन्। कार्यालयमार्फत पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय कायम गर्ने, अधिवेशनका गतिविधि सञ्चालन गर्ने तथा मातहतका वडा र पालिका तहका अधिवेशनलाई सुचारु रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने जनाइएको छ।

कार्यक्रममा आगामी असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?