दार्चुला । महाकाली नगरपालिका–९ सकारमा SAKAR T10 CUP–२०८३ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ। जनचेतनाशील युवा क्लब, सकारको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना गर्न लागिएको प्रतियोगिता सकार क्रिकेट ग्राउण्डमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन आगामी २०८३ साल कार्तिक ६ गते बिहान १० बजे गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। यस्तै, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ।
त्यसैगरी, प्लेयर अफ द टुर्नामेन्टलाई नगद ५ हजार ५५५ रुपैयाँ, उदीयमान खेलाडीलाई २ हजार ५५५ रुपैयाँ तथा फेयर प्ले अवार्डका लागि १ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीका लागि ९ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। एउटै नामका दुई वा दुईभन्दा बढी टोली सहभागी भएमा प्रमुख टोलीबाहेक अन्य टोलीका लागि प्रवेश शुल्क ७ हजार रुपैयाँ कायम गरिएको स्थानीय विशाल रैखोलाले जानकारी दिनुभयो।
क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनचेतनाशील युवा क्लब, सकारले जनाएको छ।





प्रतिक्रिया