दार्चुलाकी १९ वर्षीया अप्सराको सफलताः पहिलो प्रयासमै तीन वटा प्रदेशको लोकसेवामा उत्तीर्ण

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–१ की १९ वर्षीया अप्सरा खडायतले पहिलो प्रयासमै तीन प्रदेशका लोकसेवा आयोगबाट प्रशासन सेवा पाँचौँ तह (नायब सुब्बासरह) मा नाम निकाल्न सफल हुनुभएको छ ।

शैल्यशिखर–१ बलाँचकी खडायतले गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगबाट सफलता हासिल गर्नुभएको हो। कम उमेरमै पहिलो प्रयासमा तीनवटै प्रदेशको लोकसेवा परीक्षामा सफलता प्राप्त गर्नु उहाँको उल्लेखनीय उपलब्धि हो। उहाँ गण्डकी प्रदेशको प्रशासन सेवा पाँचौ तहमा लमजुङ सिफारिस हुनुभएको छ ।

सुरुआती प्रयासमै तीन प्रदेशबाट सफलता हासिल गरेपछि खडायतको उपलब्धिलाई लोकसेवा परीक्षाको तयारी गरिरहेका युवाहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा लिन सकिन्छ।

दार्चुलाको दुर्गम क्षेत्रबाट लोकसेवा परीक्षामा सफलता हासिल गरेकी खडायतको उपलब्धिले मेहनत, निरन्तर अध्ययन र लक्ष्यप्रतिको प्रतिबद्धताले सफलता प्राप्त गर्न सकिने सन्देश दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?