दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत दार्चुलाका ६ स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ।
रास्वपा दार्चुलाका सचिव राजेन्द्र पन्तका अनुसार बिहीबार नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा कार्यक्रम गरिएको थियो। शुक्रबार अपिहिमाल र मार्मा गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको थियो भने शनिबार लेकम गाउँपालिकाको चौपाता र मालिकार्जुन गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रास्वपाका सांसद जगतप्रसाद जोशी, सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष गणेश बोहरा र प्रदेश समिति सदस्य सीता कुमारी सुनारको सहभागिता रहेको सचिव पन्तले जानकारी दिनुभयो।
पार्टी संगठन सुदृढीकरण गर्ने र नागरिकका गुनासा तथा समस्या सुन्ने उद्देश्यले रास्वपाले देशभर प्रतिनिधि खटाएर ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरिरहेको छ।
अभियानअन्तर्गत आयोजित कार्यक्रममा जिल्ला, पालिका तथा वडा कमिटीका पदाधिकारी र सदस्यसँगै स्थानीय नागरिकहरूको सहभागिता रहेको पन्तले बताउनुभयो।





प्रतिक्रिया