गोकुलेश्वर अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ ।आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आर्थिक वर्ष २०८३÷०८४ वार्षिक बजेट प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने बताउनुभएको हो ।

शैल्यशिखर नगरपालिका–९ स्थित अस्पताललाई प्रदेश मातहत ल्याइने भएको हो । दार्चुलाको गोकुलेश्वर संगै बाजुराको कोल्टी अस्पताललाई पनि प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती गर्न प्रदेश सरकारले ६ करोड रुपैया बजेट विनियोजन गरेको छ ।

गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन आर्थिक वर्ष २०८०÷०८१ देखि नै नीति तथा कार्यक्रममा समावेश गरिए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?