दार्चुला । दार्चुलामा शुक्रबार ( आज ) एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत आठ जना कर्मचारी सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

गत कात्तिक ३० गते विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीमा कोरोनाको कारण मृत्यु भएपछि मंसिर ३ गते दार्चुलाका ४५ जनाको श्याब संकलन गरि परिक्षणको लागि डडेल्धुरा पठाईएको मा आज परिक्षण रिपार्ट आएको हो ।

आज कोरोना पुष्टि हुनेमा मृतकका श्रीमति, एक छोरा र विद्युत वितरण केन्द्रका आठ जना सहित १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका तीन जना प्रहरी जवान तथा एक जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । सरकारी वकिल कार्यालयका सवारी चालकमा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या दुइ सय  ७९ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?