दार्चुला । दार्चुलामा शनिबार दिउँसोसम्म २ हजार ९ सय ३५ जनामा आरडिटी परीक्षण गर्दा ७४ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

शनिबार मालिकार्जुन गाउँपालिकामा ५ जना, महाकाली नगरपालिका र अपिहिमाल गाउँपालिकामा दुई दुई जनामा आरडिटी रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

७४ जनामा आरडिटी पोजेटिभ देखिएपनि पीसीआर विधिबाट परीक्षण नहुदा गाउँघरमा कोरोनाको त्रास फैलिएको छ । यसअघि धनगढी प्रयोगशालाबाट पीसीआर रिर्पोट पोजेटिभ आएका ११ जना संक्रमितको समेत दोस्रो चोटी थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छैन् ।

बुधबारसम्म जिल्लाभरीका ७० बढी क्वारेन्टाइनमा १६ सय जना बसेको भएपनि १४ दिन पुरा गरेर घर फर्किनेको संख्या बढेसंगै शनिबार दिउँसोसम्म ११ सय ७४ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।
दुई दिन यता दार्चुलाका कसैमा पनि कोरोना संकमण पुष्टी भएको छैन । बुधबारसम्म सात सय ९२ जनाको पीसीआर विधिबाट थ्रोट स्वाबको नमूना परीक्षण गरीएकोमा १२ जनाको पोजिटिभ आएको पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्सन भट्टले बताउनुभयो ।

पहिलो संक्रमित महाकाली नगरपालिका—६ का २१ वर्षीय युवक कोरोना जितेर यसअघि नै घर फर्किसक्नुभएको छ । आरडिटी परीक्षण भरपर्दो नभएको भन्दै क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट परीक्षण हुनुपर्ने माग बढ्दै गएपनि पीसीआर विधिबाट पछिल्लो साता दार्चुलाका कसैको पनि परीक्षण भएको छैन् ।

धनगढी प्रयोगशालामा यसअघि नै संकलन भएका नमुनाहरुको चाप रहेकोले अझै एक हप्तासम्म नयाँ थ्रोट स्वाबको नमुना संकलन लिन समस्या रहेको जनाइएको छ ।

याे पनि पढ्नुहाेस

सुदूरपश्चिममा काेराेना संक्रमितको संख्या २५५ पुग्यो, नेपालमा ५३३५ संक्रमित, १८ काे मृत्यु

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?