दार्चुला । सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ।

आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौँ जना महिला रहेका छन्। डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १६, डोटीका १३, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय २७, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

यसैबिच नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।

काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९१२ पुगेकाे छ ।

भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

नेपालका ७७ जिल्ला मध्ये ७२ वटामा काेराेना भाइरस फैलिएकाे छ ।

याे पनि पढ्नुहाेस

कोरोना कहर : सुदूरपश्चिममा युवाहरु बढी सङ्क्रमित

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?