दार्चुला । करणी मुद्दामा फरार दार्चुलाका एक पुरुष र महिला पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको मिति २०७२ जेठ १३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएपछि फारार रहेका मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ३२ वर्षीय हरिश राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएकी सोही ठाउँ वस्ने ४२ वर्षकी पार्वती लुहार पक्राउ परेकी हुन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?