ब्राजिलका राष्ट्रपति बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

दार्चुला । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् । ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ । राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रको रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाइ छ ।

ब्राजिलको रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?