दार्चुला। फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई भेटेको हो । उनलाई तार्केश्वर नगरपालिका ३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताउनुभयो ।
बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि प्रहरीले खोजी तिव्र पारेको थियो ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




