दार्चुला । दार्चुलामा भिरबाट लड्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते हुनुभएको छ ।
बुधबार साँझ जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेख धार क्षेत्रमा भिरबाट लडेर महाकाली नगरपालिका वडा नम्बर २ मुल्लास्थित सरस्वती आधारभूत विद्यालय घट्टेखोलाका प्रधानाध्यापक समेत रहेका ४० वर्षीय राम सिंह डोबालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
दल्लेख बाट घर फर्कने क्रममा भेरागाडास्थित भिरबाट लडेर गम्भीर घाइते भएका डोबाललाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुयो ।
साथै मृतक डोबालसंगै भिरबाट लडेर ३६ वर्षीय पदम शाहु पनि घाइते भएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । घाइते शाहूलाई थप उपचारको लागी कैलाली रेफर गरिएको र घटनाको अनुसन्धान भईरहेको दार्चुला प्रहरीले जनाएको छ ।




