दार्चुलाको नौगाडमा दोस्रो अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा सञ्चालन भएको पालिका स्तरीय दोस्रो अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार (हिजो)बाट सुरु भएको प्रतियोगिता मंगलबार (आज) सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी प्रेम राज जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाका १२ विद्यालयकाको सहभागिता रहेको थियो । गाउँपालिकाले गतवर्षदेखि ’शैक्षिक गुणस्तर विकासबाटै समृद्ध नौगाडको परिकल्पाना’ भन्ने मुल नारासहित पालिका भित्रका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरु सम्मेलित अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो ।

कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई छुट्टा छुट्टै समुहमा राखेर कुल १९ विधामा सञ्चालन गरिएको विशुद्ध बौद्धिक प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ४ कात्स्य पदकसहित वडा नम्बर ३ प्रथम भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

त्यस्तै ५ स्वर्ण, ६ रजत र ३ कास्यपदकसहित वडा नम्बर २ द्धितीय र ४ स्वर्ण, ५ रजत र २ कात्स्य पदकसहित वडा नम्बर ४ ले तृतीय स्थान प्राप्त गरेको गाउँपालिकाका कृषि अधिकृत प्रकाश सिह धामीले बताउनुभयो ।

अन्य वडा तर्फ वडा नम्बर ६ ले २ स्वर्ण, १ रजत र ४ कात्स्यसहित ७ पदक, वडा नम्बर १ ले १ स्वर्ण, ३ रजत र ५ कात्स्यसहित ९ पदक र वडा नम्बर ५ ले १ रजत र १ कात्स्य गरि दुई पदक प्राप्त गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष जगत सिंह ठगुन्ना लगायतको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्धि गराउने उद्धेश्यले १९ वटा बौद्धिक विधाहरुमा खेल सञ्चालन भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?