दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्नेसहितको ४ बुँदे सहमति भएको छ।

आज विप्लव र ढुङ्गानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

यस्तै, जेनजी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?