दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा रहेको खान माध्यमिक विद्यालय एैरिछानामा सडक नाटक प्रर्दशन गरिएको छ । विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई बालविवाह न्युनिकरणको लागि सचेत गराउने उदेश्यले शुक्रबार (आज) विद्यालयमा सडक नाटक मञ्चन गरिएको हो ।

बालविवाहका हानिकारक असरबारे विद्यार्थी, अभिभावक र समुदायलाई सचेत गराई बालविवाहले गर्ने शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक क्षतिबारे जनचेतना फैलाउने उदेश्यले विद्यालयमा सडक नाटक मञ्चन गरिएको विद्यालयका विद्यालयका सहायक प्रधानाध्यापक धन सिंह खत्रीले जानकारी दिनुभयो ।

नाटक मार्फत बालविवाहले हुने हानि, कानुनी व्यवस्था, मानसिक–शारीरिक असरबारे विद्यार्थीका साथै अभिभावकहरुलाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो । विद्यार्थीहरु स्वयम सहभागि भइ नाटक मञ्चन गर्दा विद्यार्थीहरुमा गलत सामाजिक प्रथाबारे आत्मविश्वासका साथ आवाज उठाउने क्षमता विकास हुने विश्वास लिइएको छ ।

जिएनआइको प्राविधिक सहयोग तथा विद्यालयको आयोजनामा स्वयम विद्यार्थीहरुबाटै नाटक मञ्चन गरिएको थियो । नाटकको लेखन तथा निर्देशन विद्यालयका सहायक प्रधानाध्यापक धन सिंह खत्रीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?