दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिका गाउँसभाको १७औँ अधिवेशन सम्पन्न भएको छ। आईतबार (आज) गाउँपालिकाको कार्यालय हिकिलामा गाउँसभाको १७औँ अधिवेशन सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको अध्यक्षतामा बसेको बैठकले आर्थिक कार्यविधि ऐन २०८२ र दुहुँ गाउँपालिका विज्ञापन व्यवस्थापन ऐन २०८२ पारित गरेको जोशीले बताउनुभयो ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष शान्ति बम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र शाखागत कर्मचारीको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?