दार्चुला । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । तीन खेलको शृंखलामा भारतले १–० को महत्त्वपूर्ण अग्रता हासिल गरेको छ ।

बडोदरामा भएको खेलमा ३ सय १ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतीय टोलीका लागि विराट कोहलीले सर्वाधिक ९३ रनको उत्कृष्ट पारी खेले । कप्तान शुभमन गिलले ५६, श्रेयस अय्यरले ४९ र रोहित शर्माले २६ रनको योगदान दिए । अन्त्यतिर केएल राहुलले २९ रनको संयमित र निर्णायक पारी खेल्दै टोलीलाई जीत दिलाए ।

यस खेलसँगै विराट कोहलीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २८ हजार रन पूरा गरेका छन् । यसअघि टस जितेर पहिले बलिङ गरेको भारतका सामु न्यूजील्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०० रन बनाएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?